logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक निकायमा पदाधिकारी सिफारिसविरूद्ध सर्वोच्चमा रिट


अंकुरण खबर
780
Shares

संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

मंगलबार सुलभ खरेलले सर्वोच्च अदालतमा रिट पेश गरेका थिए । संवैधानिक परिषदले संसदीय सुनुवाइविनै नियुक्ति सदर गर्ने बदनियतका साथ अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ४५ जना पदाधिकारी सिफारिस गरेको जिकिरसहित आफूले रिट दिएको खरेलले बताए ।

संसदीय सुनुवाइलाई छलेर स्वतस् नियुक्त गर्ने बदनियतका साथ सिफारिस भएकाले अन्तरिम आदेशबाट बदर गर्न पर्छ जिकिर रिटमा गरिएको छ ।

संवैधानिक परिषदका बहुमत सदस्यले सिफारिस गर्न सक्ने अध्यादेश अनुसार मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले ४५ जना ‍पदाधिकारी नियुक्ति सिफारिस गरेका थिए ।

गत मंसिर ३० गते भएको निर्णय पुस ५ गते बल्ल सार्वजनिक भएको थियो । परिषद्ले गरेका निर्णयहरु अब संसदीय सुनुवाइ बेगर नै अगाडि बढ्नेछन् । तर नियुक्तिका लागि ४५ दिनसम्म कुर्नुपर्नेछ ।