logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


अंकुरण खबर
559
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार पनि बस्दैछ ।

केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक पुनः बस्न लागेको हो । मंगलबारदेखि सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएका थिए ।

बैठकमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा। नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।