प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलाशमा तोकिएको छ ।
नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितले दायर गरेको निवेदनसहित एकै पटक सबै मुद्दाको सुनुवाइ हुन लागेको हो ।