कालिगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा तीनजनाको मृत्यु भएको छ ।
नवलपुरको गैँडाकोट-३ भोक्रोफाँटस्थित २६ किलोमिटरको पहरामा ट्रक दुर्घटना भएको हो ।
ना.३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए ।
दुर्घटनामा परी तीनजनाको निधन भएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेकोले मृतकको सनाखत हुन नसकेको उनले बताए । बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कंदै गर्दा ट्रक दुर्घटनामा परेको जनाइएको छ ।
अन्य विस्तृत विवरण अझै आउन बाँकी रहेको छ ।