logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चोरी भएको मोटरसाईकलसहित संलग्न ४ जना पक्राउ


अंकुरण खबर
1.352K
Shares

चोरी भएको मोटरसाईकल सहित चोरीमा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-४ नोबेल अस्पतालको पार्किङ एरियाबाट गत पुस ५ गते हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा ०६ गते राती ८ बजे बिराटनगर-४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाईकल सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिराटनगर-४ का २० बर्षीय विवेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका(२ का २० बर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका-१० सुनसरीका २० बर्षीय नगेन्द्र चौधरी रहेका छन् ।

उनीहरुले चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोर्‍याउँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।