कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७५ वर्षीय पुरुष रहेका छन् । कोरोनासँगै कडा निमोनिया र दीर्घ श्वास–प्रश्वासको समस्या देखिएपछि उनलाई मंसिर २३ गते जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको कोभिड १९ को आइसियू कक्षमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
योसँगै कोरोना संक्रमणको कारण सुर्खेतमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।