पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको छ ।
बुधबार ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७सय ४० पुगेको छ ।
बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।