काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा २५० जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।