logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बेलायतबाट आएकालाई क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
1.612K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ देखि ७ गतेभित्र बेलायतबाट आएका व्यक्तिलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखापरेकाले रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टिनमा बस्न आग्रह गरेको हो। यो बीचमा आएकाहरू १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र पीसीआर परीक्षण गराउन पनि स्वास्थ्य मन्त्रालयले सूचित गरेको छ ।

सबै सरकारी प्रयोगशालालाई बेलायतबाट आउनेको निःशुल्क परीक्षण गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले आजैबाट बेलायत–नेपाल उडान प्रतिबन्ध लगाएको छ । अन्य मुलुकबाट बेलायत ट्रान्जिट भएर आउने व्यक्तिलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ ।