logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि कांग्रेसको बैठक, संसद् विघटनविरुद्ध कार्यक्रम घोषणा हुने


अंकुरण खबर
741
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) पनि बस्ने भएको छ ।

मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे पनि मिति र कार्यक्रम भने आज बस्ने बैठकले तय गर्ने  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत जनाएका छन् ।

कांग्रेसले पुस १६ गतेको कार्यक्रमलाई राष्ट्रिय एकता र मेलमिलाप दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ ।