प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँगको छलफलका लागि बादल बिहीबार बिहान साढे ११ बजे बालुवाटार पुगेका थिए । बुधबारको छलफल सकारात्मक भएको र बिहीबार थप छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो ।
आजको छलफल पनि सकारात्मक भए थापा नेकपा ओली पक्षको बैठकमा सहभागी हुने तयाीमा छन् ।
बुधबार बिहान पनि गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँग एक घण्टा छलफल गरेका थिए । त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान ११ बजेदेखि सवा घन्टा गृहमन्त्री थापाले भेट गरेका थिए ।
थापाले ओली पक्षको दोस्रो वरियता पाउनेगरि कुरा मिलेको समाचार सार्वजनिक भएको थियो । गृहकमन्त्री थापाको पक्षमा रहेका अधिकांश केन्द्रीय सदस्यहरूमध्ये प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका पक्षमा उभिएपछि उनी संकटमा परेका छन् ।