logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड-१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ ५ बजेर २० मिनेटमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।

यस्तै स्याङ्जाकी ७४ वर्षीय महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बुधबार राति ८ बजेर २० मिनेटमा मृत्यु भएको शर्माले बताए ।