नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हटाएको छ ।
ओली पक्षको केन्द्रीय कमिटीले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको हो । बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।
ओली पक्षका केन्द्रीय सदस्यहरूको सर्वसहमतिमा प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइएको एक जना केन्द्रीय कमिटी सदस्यले जानकारी दिए ।