logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

नेप्से २९.८३ अंकले घट्यो


अंकुरण खबर
1.703K
Shares

साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक २९.८३ अंकले घटेर  २ हजार ८३ दशमलव ६३ विन्दुमा पुगेको छ ।

पछिल्लो समयमा बढेको बजारमा प्रोफिट बुक गर्न थालेसँगै आजको बजार घटेको हो। बिहिबार २०४ ओटा कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा रू. ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये ब्यापार समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत र होटल समूहको परिसूचक ४ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

त्यसैगरी बिहिबार सोल्टी होटलको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ६७ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी दोस्रोमा ओरियण्टल होटलको शेयर मूल्य ५ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ ।

बिहिबार सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८ दशमलव ११ प्रतिशत घटेर रू. १३६ मा झरेको छ भने सार्वधिक कारोबार नबिल बैंकको भएको हो । उक्त कम्पनीको रू. ६१ करोड ४९ लाख ६५ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

कम्पनीले आर्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर कारोबार धेरै भएको हो । प्रतिकित्ता शेयर मूल्य रू. १ हजार ४२५ पुगेको छ । त्यसैगरी सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ५९ करोड ८१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो ।