logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा प्रचण्ड-नेपाल समूहले आज प्रदर्शन गर्दै


अंकुरण खबर
2.275K
Shares

नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गर्दैछ ।

सबै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुको उपस्थितीमा माइतिघर मण्डलबाट प्रदर्शन गर्न लागिएको हो ।

विहान नौ बजेपछि माइतीघर मण्डलामा भेला हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ । आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ ।

आजै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न दाहाल नेपाल समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ । हिजोको केन्द्रीय समिति बैठकले पुस महिलाभरका लागि आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।