देशभर मौसम सामान्यतया सफा रहने छ ।
तराई र पहाडका केही भू-भागमा हुस्सुरकुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर चिसो भने रहिरहनेछ ।
आगामी २४ घण्टाको अनुमान अनुसार तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ ।