logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै


अंकुरण खबर
754
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा नेताहरूले आज पनि धारणा राख्ने छन् । हालसम्म नेताहरू महेश आचार्य, एनपी साउद, डा। रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना, गगनकुमार थापा, प्रकाशमान सिंह, विमलेन्द्र नीधि र अर्जुननरसिंह केसीले धारणा राखेका छन् ।

सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध संघर्षका कार्यक्रम तय गर्न भन्दै केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

हिजो बसेको कांग्रेसको बैठकले पुसको १३ गते १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्य समितिको आयोजनामा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रदर्शन गर्ने कि नगर्ने भन्नेमा अझै पनि नेताहरूबीच भने मतभेद हुँदै आएको छ।