पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जाने भएका छन्। सपरिवारसहित झापा जान लागेका शाह त्यहाँ करिब ४ हप्तासम्म बस्ने बताइएको छ ।
शाह बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक पुग्ने र झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट तथा केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको उनका निजी सचिव सागर तिम्सिनाले जानकारी दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र हरेक वर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्ने गरेका छन् । दमकमा उनको निजी निवास छ ।