logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


अंकुरण खबर
1.625K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । यसबीचमा सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ । सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेका छन् ।