logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
1.274K
Shares

प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ती बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले बिहीबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।