बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमितको पुरुषको शुक्रबार मृत्यु भएको हो ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय पुरुषको विहान ६ बजे र कैलालीको लुम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५८ बर्षीय पुरुषको पनि शुक्रबारै विहान २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।