logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सम्पत्ति हाम्रो हुनेछ, कसैका प्रालिका सम्पत्ति छन् भने लिदैनौं : नेपाल


अंकुरण खबर
793
Shares

नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई नेकपाको सम्पत्ति आफूहरूको हुने बताएका हुन् ।

‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,’ उनले भने, ‘कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं ।’

केही दिन अगाडि योहो टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले आफूहरूले पेरिसडाँडाको सम्पत्ति दाबी नगर्ने बताएका थिए । तर उनले पूर्वएमालेको सम्पत्ति भने अरूको हक नलाग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको पछि लागेकोले सम्पत्ति दिन नसकिने बताएका थिए ।