सरकारको कार्यशैली र प्रतिनिधि सभा विघटन को विषयलाई लिएर विभाजित रहेको नेकपाको विवाद प्रदेश सरकारमा पनि देखिएको छ ।
विवादकै कारण बामती प्रदेशका ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् । शुक्रबार सामाजिक विकास मन्त्री युवराज दुलालले सामाजिक सञ्जालमार्फत तीन मन्त्रीले राजिनामा दिएको जनाएका छन् । राजिनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन्।
मन्त्री दुलालले लेखेका छन् ‘आदरणीय मतदाता, सबै सुभेच्छुक मित्र, पार्टी र नेकपा संसदीय दल र प्रदेश सभाप्रति हार्दिक नमन । कार्यकालभरी सहयात्री सबै कर्मचारी मित्र, पत्रकार सबैप्रति आभार । खुशिसाथ देश र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता ।’