logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थपिए २७९ जना कोरोना संक्रमित


अंकुरण खबर
1.274K
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११५ महिला र १६४ पुरुष गरी २७९ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा एक लाख १९ हजार ६२८ जना व्यक्ति संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शक्रबार काठमाडौंमा २१२ जना, ललितपुरमा ४७ जना र भक्तपुरमा २० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।