logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप महिला क्रिकेट आजबाट दाङमा शुरु हुँदै


अंकुरण खबर
741
Shares

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगिता उदघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर दुई बीच प्रतिस्पर्धा हुँदैछ ।

आजै दिउँसो अर्को खेलमा विभागीय टिम सशस्त्र र कर्णाली प्रदेशविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर दुई, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर एक रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् ।

समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल पुस १९ मा हुने छ । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदपछि महिला क्रिकेट टोलीले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेका हुन ।