logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ उपमन्त्री गुओ नेपाल आउँदै


अंकुरण खबर
871
Shares

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला गुओ आइतबार नेपाल आउन लागेका जनाइएको छ ।

संसद विघटन भएर सत्तरुढ पार्टी फुटको अवस्थामा पुग्दा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेताको नेपाल भ्रमणलाई विशेष चासोका रुपमा हेरिएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् ।