logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिसो बढ्यो, काठमाडौंको आजको तापक्रम १.३ डिग्री सेल्सियस


अंकुरण खबर
1.352K
Shares

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज तापक्रम झरेर १.३ डिग्री सेल्सियस पुगेको छ ।

तापक्रम तल झरेसँगै काठमाडौंमा चिसो बढेको हो । यसअघि गएको ३ पुसमा तापक्रम १.६ डिग्री मापन गरिएको थियो । शुक्रबारको तापक्रम भने २.५ डिग्री थियो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । आजको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ ।

आज तराईमा पनि हुस्सु लागेको छ । तीन दिनसम्म देशैभर आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु लाग्ने मौसमविद्हरुले जनाएका छन् ।