logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज चिनियाँ उपमन्त्रीको टोली नेपाल आउँदै, नेकपाका दुबैतर्फका शीर्ष नेताहरुसँग भेटवार्ता हुने


अंकुरण खबर
741
Shares

नेपालमा सत्ताधारी दल नेकपामा विभाजन देखिएको बेला उत्तरी छिमेकी देश चीनबाट उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने भएका छन् ।

स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली आज काठमाडौं आउन लागेको हो ।

नेपालमा सत्तारुढ दल नेकपा अनौपचारिक विभाजन भएका बेला चीनका उच्च अधिकारी काठमाडौं आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरुले नेकपाका नेता तथा सरकारी अधिकारीहरुलाई भेट्ने बताइएको छ ।

चिनियाँ अधिकारीहरु नेपाल आउन लागेको बारे सत्ताधारी नेकपाले औपचारिक रुपमा जानकारी भने दिएको छैन ।