logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभाजित नेकपाका दुबै समूहका बैठक आज पनि हुँदै


अंकुरण खबर
767
Shares

विभाजित नेकपाका दुबै समूहले आज पनि आन्तरिक भेला र बैठक जारी राखेका छन् ।

विभाजित भैसकेपछि त्यसकै औचित्यका बारेमा दुबै समूहले तल्लो तहका कमिटि र नेता कार्याकर्तालाई त्यसबारे जानकारी दिने क्रम तीव्र पारेका हुन् ।

नेकपाको केपी ओली समूह र दाहाल नेपाल समूहले विभाजन लगत्तै केन्द्रिय समिति हुँदै त्यो मुनिका पार्टी संरचना अन्तर्गतका समितिहरुको भेला बैठकलाई निरन्रतता दिएका हुन् । ओली समूहले आज जनवर्गीय संगठनहरुको भेला आयोजना गरेको छ ।

त्यस्तै जिल्ला र प्रदेशस्तरीय कार्यकर्ता भेला पनि आयोजना गरिएको छ । पार्टी निकट विद्यार्थी संगठनको बैठक पनि बोलाइएको छ । दाहाल नेपाल समूहले भने देशभर कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आन्दोलनरत समूहले भेलाको कार्यक्रम यसअघि नै तय गरेको थियो । दुबै समुहले केन्द्रदेखि स्थानीय तहसम्म नेता कार्यकर्ता आफुतर्फ तान्न समेत प्रयास जारी राखेका छन् ।