logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


अंकुरण खबर
845
Shares

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव गरेका छन् भने, लक्षमण तिवारी समर्थक गरेका छन् । भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै केपी ओली खेमाका मानिएका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

प्रस्तावमा प्रचण्ड, नेपाल समुहका ३६ जनाको हस्ताक्षर रहेको छ ।  प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।

आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।