आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९४ हजार २ सयमा नै कारोबार भएको थियो ।
आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७०० रहेको छ । त्यस्तै आइतबार चाँदीको मुल्य पनि स्थिर रहेर आज चाँदी तोलाको १२ सय ८० मा कारोबार भइरहेको छ ।