बुटवलको कोरोना विशेष अस्पतालबाट एक जना संक्रमित भागेका छन् ।
बुटवल १३ बेलावसका ५५ वर्षीय पुरुष आज बिहान ६ बजे पिसाब फेर्न शौचालय जाने बहानामा भागेको अस्पतालले जनाएको छ । उनलाई कोरोना संक्रमण भएपछि गत बुधबार अस्पताल भर्ना भएका थिए ।
उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनी आईसीयूबाट भागेको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।
प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।