logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट सुर्खेतमा थप एकको मृत्यु


अंकुरण खबर
1.196K
Shares

सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा वीरेन्द्रनगर नगरपालिका ६, की ८२ वर्षीया महिलाको आइतबार बिहान ८ः४२ बजे मृत्यु भएको हो ।

उनलाई पुस १० गते अस्पतालको अकस्मिक कक्षमा भर्ना गरिएको थियो । ज्वरो र सास फेर्नमा कठिनाई भएपछि सोही दिन प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।