logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ३९.९८ अंकले घट्यो


अंकुरण खबर
1.287K
Shares

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ३९.९८ अंकले घटेको छ ।

घटेको बजार १९९८.६५ मा पुगेर रोकिएको हो । २०४७ अंकबाट सुरु भएको बजार १५ मिनेटमै घटेर २०१९ मा पुगेको थियो। त्यसपछि क्रमशः ओरालो लागेको बजार बन्द हुने समयमा १९९८ अंकमा पुगेको हो ।

आज २०४ कम्पनीको ७८ लाख ६९ हजार कित्ता खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार सेन्सेटिभ इन्डेक्स ५.३३ अंकले घटेर ३८१.४३ विन्दुमा पुगेको छ ।

आज सबै सूमहको सूचक ओरालो लागेको  छ। बैंकिङ समूह २३, व्यापार ७, होटल ९३, विकास बैंक १०, जलविद्युत् ३०.६९, फाइनान्स ५ अंकले घटेको छ । निर्जिवन बिमा २३८.४५, उत्पादन ४३, माइक्रोफाइनान्स ४१.८५, जीवन बिमा ५१९.४८ र म्युचुअल फण्डको सूचक ०.०५ अंकले घटेको छ ।

त्यस्तै, आज नारायणी विकास बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । बिशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।