पछिल्लो २४ घण्टामा देशभर ४८१ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ८२८ पीसीआर परीक्षण गरीएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७३१ छ । योसँगै हालसम्म २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु हुने भएको छ । योसँगै हालसम्म १ हजार ८२५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।