logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ६ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
741
Shares

नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज एकैदिन ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ ।