logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त मन्त्री त्रिपाठीले सम्हाले स्वास्थ्यको कार्यभार


अंकुरण खबर
676
Shares

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको कार्यभार सम्हालेका छन्।

आइतबार दिउँसो २ बजे मन्त्री त्रिपाठीले कार्यभार सम्हालेका हुन् । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो ।

योसँगै यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आएका हुन् भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा गएका छन् ।

शुक्रबार नै मन्त्री त्रिपाठीले कार्यभार सम्हाल्ने तयारी गरेका भएपनि सोही दिन मन्त्रिपरिषद्को बैठक बसेकाले अबेर हुने भन्दै आइतबार मात्र स्वास्थ्यको कार्यभार सम्हाल्ने बताएका थिए ।