logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रचण्डलाई भेट्न खुमलटार पुग्यो चिनियाँ उच्चस्तरीय टोली


अंकुरण खबर
1.287K
Shares

चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

नेकपा विभाजनपछिको अवस्था बुझ्न र नेकपा नेतृत्वलाई अझै पनि मिलाउने प्रयासका लागि काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधि मण्डल प्रचण्डलाई भेट्न खुमलटार पुगेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोलीले प्रचण्डसँग छलफल पछि आजै विभाजित नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ ।

आइतबार विशेष विमानबाट काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।