logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो प्रचण्डसँग चिनियाँ टोलीको भेटवार्ता, आजै नेपाल र खनालसँग पनि भेट्ने


अंकुरण खबर
1.183K
Shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ ।

सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ ।

करिब डेढ घण्टा लामो भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो ।

सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो ।

आज सोमबार नै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।