logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डलाई भेटेपछि चिनियाँ टोली नेपालसँगको वार्तामा


अंकुरण खबर
1.352K
Shares

नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल) का अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेको छ ।

खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसँग झण्डै दुई घण्टा छलफलमा जुटेपछि चिनियाँ टोली नेपालसँगको भेटमा जुटेको हो । भेटको स्थान भने गोप्य राखिएको छ ।

प्रचण्डसँगको भेटमा चिनियाँ टोलीले नेकपाको एकतामा जोड दिएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो ।

सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौं आएको हो ।