प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले सोमबार (आज)१६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।
कांग्रेसले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । जसमा क्षेत्र नम्बर १ मा नयाँ बानेश्वरको एभरेष्ट होटलअगाडि, २ मा कोटेश्वर चोक, ३ मा जोरपाटी चोक, ४ मा नारायण चौर नक्साल, ५ मा नारायण गोपाल चोक, ६ मा मनमैंजु लोकतान्त्रिक चोक, ७ मा बालाजुचोक, ८ मा बसन्तपुर डबली, ९ मा कलंकी चोक र १० मा कीर्तिपुर बजार रहेका छन् ।
सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने कांग्रेसले जनाएको छ । देशव्यापी प्रदर्शनपछि आयोजित सभालाई पार्टी सभापति शेरबहादुर देउवालगायत केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।


![]()





