logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कांग्रेसको विरोध प्रदर्शन चुनावको तयारीसमेत हो : महामन्त्री कोइराला


अंकुरण खबर
1.144K
Shares

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि घात गरेको बताएका छन् ।

संसद् विघटनविरुद्ध कांग्रेस नवलपुरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘अहिले संविधानमाथि कुठाराघात भएको छ । यो असंवैधानिक र लोकतन्त्र विरोधी कदम हो । हामीले संविधानको रक्षा गर्न विरोध गरेका हौं । प्रधानमन्त्रीले जे पनि गर्न पाउँछु भनेजसरी अघि बढ्नुभएको छ। तर संविधानले संसद् विघटन गर्ने अधिकार दिएको छैन ।’

उनले विगतका दिनमा सरकार अस्थिर हुँदा काम हुँदैन भनेर नै संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । उनले कांग्रेसको विरोध प्रदर्शन निर्वाचनको तयारी समेत भएको बताए ।

‘यो प्रदर्शन चुनावको तयारी हो । मैले यसलाई चुनावको तयारी गर्ने अवसरका रुपमा लिएको छु,’ उनले  भने, ‘ओलीले वैशाख १७ र २७ गते चुनाव गर्छु भनेका छन् । मलाई विश्वास लाग्दैन, तर हामी प्रेसर गर्नेछौं । जहिले चुनाव होस्, यो हाम्रो तयारी हो ।’