logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ८ अंकले बढ्यो


अंकुरण खबर
910
Shares

सेयर बजारको परिसूचक नेप्से सोमबार ८.५ अंकले बढेको छ । नेप्से बढे पनि यस दिन कारोबार रकम भने खुम्चिएको छ  ।

आज ३ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको हो । आज ब्यापार ४८, विकास बैंक १०, अन्य समूह ०.९८ अंकले घटेका छन् । बैंकिङ समूह ९, होटल ३, जलविद्युत २, फाइनान्स २, निर्जीवन बीमा ७५, उत्पादन ९७, माइक्रोफाइनान्स ६ तथा जीवन बीमा समूह २९ अंकले बढेका छन् ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भयो । सो कम्पनीको मूल्य प्रतिकित्ता २२२४ रुपैयाँमै कायम भएको छ ।

त्यस्तै नागरिक लगानी कोषको ३२ करोड ३५ लाखको कारोबार भयो। कम्पनीको मूल्य २१ रुपैयाँ घटेर प्रतिकित्ता ५ हजार ८ रुपैयाँ कायम भएको छ। कोषले दिने हकप्रदका कारण कम्पनीको मूल्य उच्च भएको हो। सो हकप्रद दावीका लागि सेयर किन्ने दिन आज अन्तिम थियो।

एनआइसी एसिया बैंकको ३० करोडको कारोबार हुँदा नविलको २४ करोडको सेयर किनबेच भयो। नारायणी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ। राधी जलविद्युतको मूल्य ७।५ तथा एनसिसी बैंकको मूल्य ६ प्रतिशतले बढेको छ।