काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १११ महिला र १६७ पुरुष गरी २७८ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा २०७ जना, ललितपुरमा ४९ जना र भक्तपुरमा २२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।