प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला कांग्रेसलाई मान्य हुने बताएका छन् ।
संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने देउवाले बताए ।
संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले कांग्रेसले अदालतको निर्णय मान्ने पनि बताएका छन् ।
कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले कांग्रेसको इच्छाअनुसार वा फरक हुने गरी अदालतबाट निर्णय आए पनि निर्णय मान्ने बताए । उनले भविष्यमा प्रदर्शनलगायत अन्य कार्यक्रम पनि गर्न पर्ने भएकोले तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।