logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झनै बढ्यो चिसो, काठमाडौंको तापक्रम १.१ डिग्रीमा झर्‍यो


अंकुरण खबर
3.237K
Shares

पश्चिमी वायुको प्रभावका कारण देशैभर न्यूनतम तापक्रम घट्नुका साथै चिसो बढेको छ ।

आज (मंगलबार) काठमाडौं उपत्यकामा यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री थियो । आज उक्त रेकर्डलाई तोड्दै यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै नभइ देशैभर चिसो बढेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आकाशमा बादलको चाप नभएका कारण ह्वात्तै चिसो बढेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद्का अनुसार तापक्रम अझै घट्ने र चिसो बढ्ने हुनसक्छ । यस्तै आज प्रदेश १ का केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका केही स्थानमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने छ । काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।