logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ टोलीले आज कांग्रेस सभापति देउवासहितका नेतासँग भेटवार्ता गर्ने


अंकुरण खबर
1.911K
Shares

चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग भेटवार्ता गर्दैछ ।

गएको आइतबार नेपाल आएको चिनियाँ टोली त्यसयता उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छ । नेकपाका नेताहरुसँगको भेटपछि चिनियाँ टोलीले कांग्रेस सभापति देउवालाई भेट्न लागेको हो ।

आज देउवालाई भेट्न चिनियाँ टोली उनको निवास बुढानिलकण्ड पुग्ने जनाइएको छ । बुढानिलकण्डमा देवासहित कांग्रेसका अरु केही नेतासँग पनि चिनियाँ टोलीले वार्ता गर्ने जनाइएको छ ।

चिनियाँ टोलीले आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबार सो टोलीले विभाजित नेकपाको (प्रचण्ड–नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेको हो ।

यस्तै मंगलबार नै चिनियाँ टोलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सभामुख अग्नि सापकोटासँग पनि भेटवार्ता गरेको हो । नेकपा विभाजनमा गएपछि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर सो टोली आएको बुझिएको छ ।