सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।
आज मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए ।
नेकपामा मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल तथा बोहरा केपी ओली खेमाका हुन् । आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरू हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
बोहरा सुदुरपश्चिम सरकारमा ओली पक्षका एक्ला मन्त्री थिए । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।