logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उखु किसानहरुले २१ दिन भित्र सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने


अंकुरण खबर
715
Shares

उखु किसानहरुले २१ दिन भित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन् ।

सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको हो ।

सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । किसानहरुले ९० कारोड रुपैयाँ लिनु पर्ने बताए पनि उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी रहेको बताएपछि त्यसको छानवीनका लागि समिति गठन गर्ने सम्झौता भएको छ ।

सरकारले तोकेको मूल्य भन्दा ३६ रुपैयाँ कममा मूल्य निर्धारण गरी भुक्तानी गर्ने उद्योगीहरुलाई पनि कारबाही गरिनुपर्ने र ब्याज सहित रकम असुली हुनुपर्ने किसानहरुको माग छ ।

उखु किसानहरु उद्योगीबाट भुक्तानी दिलाइदिन माग गर्दै मंसिर २८ गते यता काठमाडौंको माइतीघर मण्डलामा बसेर आन्दोलन गर्दै आएका थिए ।