काठमाडौंका विभिन्न स्थानबाट निस्केको नेपाल कम्युननिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूह (अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल) को जुलुसहरु भृकुटीमण्डप पुगेको छ ।
जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो । जुलुस भद्रकाली, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेको थियो । प्रचण्ड-नेपाल समूहको जुलुसमा ‘भारतीय सेना-कालापानी छोड’ भन्दै नारा लगाइएको थियो ।
आजको विरोधसभालाई प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने छन् । प्रतिनिधिसभा विघटन विरूद्ध आज प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गरेको हो । उपत्यकाको १३ स्थानबाट आज जुलुस निकालिएको थियो ।